दफा १९
कारागारको जाँच
(१)प्रत्येक प्रमुख जिल्ला अधिकारीले आफै वा आफू मुनिका असिष्टेण्ट पठाउनेछ । ६ महिनामा एक पटक र आवश्यक देखेमा जहिलेसुकै पनि आफ्नो मातहतमा रहेको कारागारको जाँच गर्नु गराउनु पर्छ ।
(२) उपदफा (१) अन्तर्गत जाँच गर्न गएका प्रमुख जिल्ला अधिकारी वा असिष्टेण्टले देहायका कुराहरूको जाँच गर्नुपर्छ –(क) कैद म्याद ठेकिएको कैदीले म्याद पुगेको दिन रिहाई पाएको छ वा छैन,
(ख) प्रचलित नेपाल कानुन बमोजिम हुनु गर्नु पर्ने अरू काम कुरा सो बमोजिम भए गरेको छ वा छैन । (३) उपदफा (२) बमोजिमको कुरा जाँच्दा कुनै काम कुरा प्रचलित नेपाल कानुनको वर्खिलाप भए गरेको देखिएमा दफा २० मा लेखिएकोमा सोही बमोजिम र सो दफामा नलेखिएको कुरामा तोकिए बमोजिमको काम कारवाही गर्न गराउन पर्छ ।